४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

कांग्रेस जिल्ला सभापतिहरु पार्टी कार्यालयमा धर्नामा



काठमाडौं । कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुङ्गिएको बताइएपनि नामावाली सार्वजनिक गर्न माग गर्दै जिल्ला सभापतिहरूले पार्टी कार्यालयमा धर्ना दिएका छन् । मंगलबार बिहानैदेखि पार्टी कार्यलय सानेपा पुगेर उनीहरुले नामावाली सार्वजनिक गर्न माग गर्दै धर्ना दिएका हुन् ।

सोमबार राति पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले क्रियाशील सदस्य छानबिन समितिको प्रतिवेदन बुझाएका थिए ।

जिल्ला सभापतिहरुले पटक पटक पार्टी नेतृत्वलाई नामावली सार्वजनिक गर्न माग गरे पनि वेवस्ता गरेको भन्दै आफूहरु बाध्य भएर धर्नामा बस्‍नु परेको बताएका छन् । सदस्यताका विषयमा देखिएको विवाद मिलेपछि प्राविधिक तयारी पूरा गरी कांग्रेसले अन्तिम नामावली सार्वजनिक गर्ने बताइएको छ ।

सदस्यतालाई पारदर्शी बनाउन माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता र जिल्ला सभापतिहरुले सदस्यको नामावली सार्वजनिक गर्न माग गर्दै आएका छन् । जिल्ला सभापतिहरुले त क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै सम्पूर्ण सूची सोमबारभित्रै सार्वजनिक गर्न ‘अल्टिमेटम’ दिएका थिए ।

सोमबारै सदस्यको नामावली सार्वजनिक नभएपछि मंगलबारदेखि केन्द्रीय कार्यालयमा उनीहरुले धर्ना दिन थालेका हुन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १ : २२ बजे