७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

दोलखामा विभिन्न सस्थाद्धार सहयोग सामाग्री वितरण


Ang

२६ भाद्र २०७८, शनिबार  

0
Shares

 

दोलखाको कालिञ्चोक गाउपालिका स्थित लापिलाङका पहिरो पीडितलाई विभिन्न सस्थाहरुले संयुक्त रुपमा न्यानो कपडा र बल्याङ्केट सहयोग गरिएको छ । एक वर्षदेखि निरन्तर रूपमा झरिरहेको बस्तिमाथिको रानीवन पहिरोका कारण आफनो सर्बस्व गुमाएका लापिलाङका ३ सय ५६ परिवारलाई बल्याङ्केट , सुईटर एक कार्यक्रमका बिच बितरण गरिएको छ । लायन्स क्लब अफ नेपाल शेर्पाज, छिरिङ डोल्मा शेर्पा फाउन्डेसन र नेपाल-चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक जिल्लाको संयुक्त आयोजनामा ३ सय ५६ थान ब्यालङ्केट,१ सय ८ थान उनिको सुईटर वितरण गरिएको थियो भने नेपाल-चीन उद्योग वाणिाज्य संघ सिन्धुपाल्चोक जिल्लाको तर्फबाट मास्क ६हजार थान र ६ लिटर सेनिटाइजर वितरण गरेको छ ।

 

अन्तर्राष्ट्रिय डिस्ट्र्क्ट ३२५ ए २ अन्तर्गत पर्ने लायन्स क्लब नेपाल शेर्पाजले स्थापनाकालदेखी नै समाजमा प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्ती, समुदायलाई विभिन्न राहत सहयोग, वातावरण जोगाउ अभियान,मधुमेह युवा सचेतना लगायत थुप्रै सामाजिक कार्यहरुमा अग्रसरता देखाउदै आइरहेको छ । पहिरोले रानीवनदेखि गुमुखोलासम्मको भूभाग दिनहु कटान गरिरहेको छ । वन क्षेत्रदेखि खोली किनारसम्मको भूगोलमा मात्रै झन्डै तीन किलोमिटर ठाडो जमिन कटान गरेकोले लापिलाङका दर्जन बस्तीहरूमा जोखिम सिर्जना भएको भएको पीडित गाउलेहरुले बताएका छन ।

गाउलेहरुमा आइपरेको विपत्ति आफै पुगेर देख्दा ज्यादै मार्माहत महसुस गरेको लायन्स क्लब अफ नेपाल शेर्पाजका डिजास्टर रिलिफ सम्योजक जाङ्बु शेर्पाले बताए । पहिरोले गर्दा थुप्रै भागहरु कटान निरन्तर भएको र जती सक्दो छिटो बस्तीलाइ सुरक्षित स्थानन्तरणको खाचो रहेको बताउछन लायन्स् क्लब अफ नेपाल शेर्पाजका अध्यक्ष छिरिङ शेर्पा पीडितहरुको पीडामा थोरै मलमको राहत पुराउन सफल भएकोमा खुशी लागेको भएपनी वस्तुगत स्थितिले आफुलाइ साच्चै पीडाबोध भएको बताएका छन । त्यस्तै बाढीपहिरो पिडितलाई स्थलगत रुपमै सहयोग गर्न पाउदा खुुसी लागेको छिरिङ डोल्मा फाउण्डेसनका अध्यक्ष छिरिङ डोल्माले बताए ।

राहात समग्री लिएर लायन्स क्लब अफ नेपाल शेर्पाजका अध्यक्ष छिरिङ शेर्पा, क्लब डाइरेक्टर दावा शेर्पा, उपाध्यक्ष चेङ्गा शेर्पा, डिजास्टर रिलिफ सम्योजक जाङ्ग्बु शेर्पा, वातावरण संरक्षण समयोजक बिरे शेर्पा र फाउण्डेसनका छिरिङ्ग डोल्मा शेर्पा , क्लका अरु सदस्य लगायतको उपस्तिथि रहेको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ९ : १५ बजे