१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

केआरएसएमा नयाँ नेतृत्व



न्यूयोर्क । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) न्यूयोर्क च्याप्टरमा नयाँ नेतृत्व चयन भएको छ । न्यूयोर्कको क्वीन्समा आइतबार आयोजित साधारणसभाले वाकासा वान्तावाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

च्याप्टर उपाध्यक्षमा सन्देश राई, सचिव बिजयकुमार राई,कोषाध्यक्षमा चन्द्रकुमार राई,सहसचिव गोपाल खालिङ, सहकोषाध्यक्ष प्रकाश राई, सदस्यमा मेघनाथ राई, प्रजन राई र विमल राई आएका छन् । नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

नयाँ कार्यसमितिलाई केआरएसए केन्द्रिय अध्यक्ष राम राई र च्याप्टरकी निवर्तमान अध्यक्ष भारती राईले सफलताको शुभकामना दिए । नवनिर्वाचित अध्यक्ष वान्तावाले पुरानो कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा किरात राई समुदायको हितमा केन्द्रित भएर काम गर्ने बताइन् । यसका लागि सरोकारवाला सबैसँग सहयोगको आग्रह गरिन् ।

वान्तावाले यसअघि केआरएसए बोर्ड अफ डाइरेक्टर र च्याप्टर उपाध्यक्षको भुमिकामा काम गरिसकेकी छन् । बरुक कलेजबाट ग्रेजुयट एकाउन्टिङमा ग्रेजुयट वान्तावा कोलम्बिया युनिभर्सिटीकी सिनियर फाइनान्सिय एनालिस्ट पनि हुन् । नेपालमा इलाम घर भएकी वान्तावा हाल न्यूयोर्कको वेस्टचेस्टरमा बस्छिन् ।

साधारणसभामा निवर्तमान कोषाध्यक्ष राजन राईले पेश गरेको आर्थिक प्रतिवेदन र सचिव बिजेन्द्र राईले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो । नयाँ कार्यसमितिले आइतबारै सपथ ग्रहण गरि पदभार सम्हालेको थियो । केआरएसए केन्द्रको साधारणसभा टेक्सास, डालसमा यहि मे २८ मा हुँदैछ । त्यसका लागि व्यापक तयारी भइरहेको आयोजकले जनाएका छन् । केन्द्रको साधारणसभाले केआरएसएको केन्द्रमा नयाँ नेतृत्व चयन गर्नेछ । केन्द्रको नयाँ नेतृत्व पनि सर्बसम्मतिमा चयन हुने अपेक्षा गरिएको छ । त्यसलगत्तै मे २९ मा साकेला उभौली कार्यक्रम आयोजना गरिने छ ।

न्यूयोर्कमा सोई ढोले

न्यूयोर्कमा भने साकेला उभौली मे २१ मा आयोजना गरिएको छ । उक्त कार्यक्रममा किरात राई समुदाय र अन्य नेपाली समुदायका करिब डेढ सय मानिस उपस्थित थिए ।

कार्यक्रमलाई संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनीधि अमृत राईले सम्बोधन गर्दै साकेला उभौलीको शुभकामना दिए । प्रमुख अतिथी पनि रहेका स्थायी प्रतिनीधि राईले किरात राई परम्परा अनुसार ३ ढुंगे चुल्हामा आगो बालेर कार्यक्रम उद्घाटन गरेका थिए ।
उनले करिब ८ सय भाषा बोलिने भाषिक र सांस्कृतिक विविधताले भरिपूर्ण न्यूयोर्कमा नेपाली राई समुदायको उपस्थिति रहनु सुखद कुरा भएको बताए । ‘हरेक वर्ष साकेला कार्यक्रम गरेर नेपाल चिनाउन भुमिका खेल्नुभएको छ,’ उनले भने, ‘त्यसका लागि तपाइँहरु बधाइ र धन्यवादका पात्र हुनुहुन्छ ।’
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार बिस्ट, कार्यबाहक अध्यक्ष खगेन्द्र राई, न्यूयोर्क च्याप्टर निवर्तमान अध्यक्ष भारती राई लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा हालै अमेरिकाको न्यू योर्क आप्रवासन गरेका २६ नयाँ सदस्यलाई सदस्यता वितरण गरिएको थियो । साथै, करिब एक दर्जन नयाँ आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । केआरएसए केन्द्रको साधारणसभा टेक्सास, डालसमा यहि मे २८ मा हुँदैछ । त्यसका लागि व्यापक तयारी भइरहेको आयोजकले जनाएका छन् । केन्द्रको साधारणसभाले केआरएसएको केन्द्रमा नयाँ नेतृत्व चयन गर्नेछ । केन्द्रको नयाँ नेतृत्व पनि सर्बसम्मतिमा चयन हुने अपेक्षा गरिएको छ । त्यसलगत्तै मे २९ मा साकेला उभौली कार्यक्रम आयोजना गरिने छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ५ : ५३ बजे