१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

उपसभामुखमा गौतम र भट्टराईको उम्मेदवारी



लामोसमयदेखि खाली रहेको प्रतिनिधिसभाको उपाध्यक्ष पद शुक्रबार पूर्ती हुने भएको छ । शुक्रबार तोकिएको चुनावका लागि गठबन्धनको तर्फबाट पुष्पा भुसाल गौतम र एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दिएका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सचेतक गौतमले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर उनले बिहीबार उपसभामुखको उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको उम्मेदवारीमा नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी समर्थक छन् ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा सांसद विद्या भट्टराईलाई उम्मेदवारी दिएकफ छन् । उनले पनि बिहीबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी दर्ता गराइन् । उनको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ४ : ४९ बजे