८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

सभामुख पेलोसीका पति पलमाथि हथौडा प्रहार



अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पल पेलोसीमाथि हथौडा प्रहार गरिएके छ ।

पलमाथि शुक्रबार बिहान सान फ्रान्सिस्कोस्थित घरमै एक पुरुषले हथौडाले आक्रमण गरेको प्रहरीहरुले बताएका छ ।

८२ वर्षीया पललाई अस्पतालमा भर्ना गरिएको सभामुखको कार्यालयले जनाएको छ ।

अमेरिकी संसदको प्रहरीले पनि एक विज्ञप्ति जारी गर्दै क्यालिफोर्नियाको पेलोसी निवास भित्र प्रवेश गरेको बारेमा “संयुक्त अनुसन्धानको साथ” एफबीआई र सान फ्रान्सिस्को प्रहरीलाई सहयोग गरिरहेको बताएको छ ।

न्यान्सी पेलोसीका प्रवक्ता ड्र्यु ह्यामिलले आक्रमणकारी हिरासतमा रहेको र यसको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् । आक्रमणको समयमा सभामुख न्यान्सी पेलोसी वाशिंगटन डीसीमा थिइन् ।

उक्त आक्रमणकारी घरको पछाडिबाट पेलोसी निवासमा प्रवेश गरेको बताईएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ११ : ५१ बजे