४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

थप एक कोरोना सङ्क्रमितको मृत्यु, १२१ सङ्क्रमित



कोरोना भाइरसको सङ्क्रमणबाट आज थप एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक जना सङ्क्रमितको निधन भएको हो ।

तीन महिना पछि हिजो मङ्गलबार चैत २८ गते पनि एक जनाको निधन भएको थियो । यस्तै दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ । यस्तै कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्य लाभ गरी घर फर्केका छन् ।

यसैगरी काठमाडौँ उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आइसियु) र तीन जना भेन्टिलेटरमा उपचारत रहेका छन् । हालसम्म चार सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ६ : ३९ बजे