३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

धनकुटामा एमाले अध्यक्ष ओलीमाथि हातपात प्रयास



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपात प्रयास भएको छ। बिहीबार मध्याह्न करिब १२ बजेतिर अध्यक्ष ओलीमाथि लेगुवा भन्ने ठाउँमा हातपात प्रयास भएको हो।
स्वागत गर्न भन्दै फूलमाला लिएर लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात प्रयास गरेका थिए। ओलीमाथि हातपात प्रयास गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको भिडिओमा स्वागतका लागि लाइनमा बसेका महेश राईले अध्यक्ष ओलीमाथि हातपातको प्रयास गरेको देखिन्छ।उनलाई प्रहरीले नियन्त्रणमा लिएका छन्
अध्यक्ष ओलीमाथि आक्रमण गर्न लागेको देखेपछि सुरक्षाकर्मीले राईको एउटा हात समाएको भिडिओमा देखिन्छ।
एमाले नेताहरुल् भने घट्नालाई इतिरन्जित बनाएको बताएका छन् । उनीहरुका अनुसार ओलीलाई स्वाहतका लागि उभिएको ब्यक्तिले मादक पदार्थ लेवन गरेका कारण ढुन्मुनिएको तर आतटक्रमण गर्ने प्रयास भएको होईन ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ९ : ४४ बजे