२६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026

रुसी सेनामा भर्ना भएका ११ जना नेपाली मारिएपछि बल्ल सरकारले गर्यो रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक



रुसी सेनामा भर्ना भएका ११ जना नेपाली मारिएपछि बल्ल सरकारले गर्यो रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक लगाएको छ ।

रसिया–युक्रेनबीच जारी युद्धका लागि नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भइरहेको भन्दै दुई देशमा श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागले सूचना जारी गर्दै यी दुई देशमा वैदेशिक रोजगारीका लागि दिंदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मलाई स्थगन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

‘रुसी सेनामा गएर नेपालीहरुको मृत्यु भएको खबर आइरहेको छ’ उनले भने, ‘यस विषयमा अध्ययन तथा छानबिन पनि भइरहेकाले हाललाई श्रम स्वीकृति रोकेका छौं ।’

हालसम्म रुसी सेनमा गएर ११?जना नेपालीको मृत्यु भएको छ भने रुसी सेनामा भर्ना भएका ४ जना नेपाली युक्रेनी सेनाको कब्जामा छन् । यसअघि परराष्ट्रमन्त्री एनपी साउदले सय भन्दा बढी हराईरहेको उजुरी आएको बताएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहालले दुई सयभन्दा बढी रुसी सेनामा भर्ना भएको जानकारीनआएको बताएका थिए ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ७ : ३९ बजे