नेपालको एक मात्र अल्पाइन क्लव नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनबाट अध्यक्षमा फुर गेल्जे शेर्पा बिजयी भएका छन् भने अधिकांश पदाधिकारी तथा सदस्यहरु उनकै समूहबाट निर्वाचित भएका छन् । दुई समूह बनाएर निर्वाचन लडेको एनएमएको अध्यक्षमा प्रतिद्वन्द्वी कुलबहादुर गुरुङसँग ५४ मतको अन्तरमा शेर्पा विजयी भएका हुन् ।
निर्वाचन परिणाम अनुसार गुरुङ समूहले प्रथम उपाध्यक्ष जितेका छन् भने कोषाध्यक्षमा बराबरी मत ल्याएको छ । बाँकी पदाधिकारीहरु शेर्पा समूहका छन् ।
नेपाल पर्वतारोहण संघ (NMA) निर्वाचित तथा प्रतिद्वन्द्वीहरुको मत निम्न अनुसार रहेका छन्:
अध्यक्ष
• फुर गेल्जे शेर्पा : ३४२ (विजयी)
• कुलबहादुर गुरुङ : २८८
वरिष्ठ उपाध्यक्ष
• इश्वरी पौडेल : ३४५ (विजयी)
• टिका गुरुङ : २५८
प्रथम उपाध्यक्ष
• मिङ्मा ग्याबो शेर्पा : ३५९ (विजयी)
• काजी शेर्पा : २५६
द्धितीय उपाध्यक्ष
• बोधराज भण्डारी : ३६८ (विजयी)
• धनबहादुर गुरुङ : २३८
महासचिव
• राजेन्द्रबहादुर लामा : ३१८ (विजयी)
• विमल नहर्की : २०९
• शिव सापकोटा : ६८
सचिव
• चन्दन थापा : ३५८ (विजयी)
• ङिमा दिकी शेर्पा : २४४
कोषाध्यक्ष
• ङिमा नुर्बु शेर्पा : ३०४
• सुमी लामा : ३०४
(बराबरी भएपछि सहमतिअनुसार आधा–आधा कार्यकाल गोलाप्रथाबाट गर्ने निर्णय भएको)
सदस्य (विजयी)
• माधवकुमार धमला : २७८
• केदार न्यौपाने : ३०२
• थुप्देन शेर्पा : ३२६
• गोकुल थापा : २८८
• मुलाल गुरुङ : ३५१
• देण्डी शेर्पा : ३११
• विक्रम कार्की : ३०६
• रिञ्जे शेर्पा : ३०१
• देवेन्द्र डंगोल : २९५
• दिकी शेर्पा : २८८
• निशा भोटे : ३०७








