१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

काठमाडौं उपत्यकामा शुक्रबार पनि निषेधाज्ञा र कर्फ्यू जारी



नेपाली सेनाले शुक्रबार पनि काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू जारी राखेको छ। तर, बिहीबारको तुलनामा केही खुकुलो बनाइएको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागु हुने छ। त्यस्तै, बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ।

अत्यावश्यक कामका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ।

निर्देशनालयका अनुसार निषेधाज्ञा र कर्फ्यू अवधिमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दमकल, शववाहन, पानी, खाद्यान्न, दूध, तरकारी र औषधि आपूर्ति गर्ने गाडीहरू सञ्चालन गर्न सकिनेछ।

त्यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले परिचयपत्र देखाएर कार्यालय जान सक्ने व्यवस्था गरिएको छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो टिकट देखाएर आवतजावत गर्न सक्ने जानकारी सेनाले दिएको छ।

अन्य सहयोग आवश्यक परेमा सेनासँग सम्पर्क गर्न सकिने पनि निर्देशनालयले जनाएको छ।

यसअघि बिहीबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ११ : ०० बजे