१९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026

खाडीका नेपाली उद्दार गर्ने तयारी



सरकारले खाडी क्षेत्रमा रहेका नेपाली नागरिकहरूको उद्धारका लागि विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको छ।

बुधबार परराष्ट्रमन्त्री शिशिर खनालको समन्वयमा विभिन्न सरकारी निकायबीच भएको छलफलले यस्तो निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नेपाल एयरलाईन्समार्फत भोलिदेखि तीन दिनसम्म चार वटा विशेष उडान सञ्चालन गरिनेछ। तय गरिएको तालिका अनुसार उडानहरू यसप्रकार छन्:

३ अप्रिल २०२६ : काठमाडौं–दुबई — राति २३:१५ (स्थानीय समय)
४ अप्रिल २०२६ : दुबई–काठमाडौं — बिहान ०४:१० (स्थानीय समय)
५ अप्रिल २०२६ : काठमाडौं–दमाम — बिहान ०८:३० (स्थानीय समय)
५ अप्रिल २०२६ : दमाम–काठमाडौं — दिउँसो १२:२० (स्थानीय समय)

पश्चिम एसियामा जारी तनाव र सुरक्षा अवस्थाका कारण यी गन्तव्यमा नियमित उडानहरू गत फेब्रुअरी २८ देखि स्थगित रहेका थिए। सोही अवस्थालाई मध्यनजर गर्दै समस्यामा परेका नेपालीहरूको सुरक्षित उद्धारका लागि विशेष उडान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ८ : ४८ बजे