ब्रिटिश राजकुमारी प्रिन्सेस डायनाको अभिनेता टेरेन्स स्ट्याम्पलाई लेखिएका व्यक्तिगत चिठ्ठीहरू लन्डनको बोन्हाम्समा नीलामीमा राखिने भएका छन् । स्ट्याम्प गत वर्षको मृत्यु भएका थियो । यी चिठ्ठीहरूले दुवैबीचको घनिष्ठ मित्रता, राजकाज, मानसिक स्वास्थ्य र सामाजिक जीवनका विषयहरूलाई उजागर गरेका छन् ।
१९९१ को जुलाईदेखि डिसेम्बर महिनाभित्र लेखिएका यी चिठ्ठीहरू स्ट्याम्पको सम्पत्तिको लिलामीको भाग हुन् । एउटा चिठ्ठीमा डायनाले स्ट्याम्पलाई लन्चको लागि धन्यवाद दिँदै “च्याम्पेन उत्कृष्ट थियो, यस्ता बोतलहरू धेरै छैनन्” भनेकी छन् ।
एउटा हल्का फुल्का कार्डको अगाडि लेखिएको छ, “भगवानले सेक्स किन आविष्कार गर्नुभयो ?… ताकि विवाहित मानिसहरू वर्षमा कम्तीमा दुई पटक सँगै केही गर्न सकून् !”
अर्को पोस्टकार्डमा डायनाले डिसेम्बर ७, १९९१ मा स्ट्याम्पलाई लन्चमा बोलाउँदै “धेरै समयदेखि क्यान्सेरियन देखेकी थिइनँ, क्रिसमस बिना भेटघाट गर्न सक्दिनँ” लेखेकी छन् । उक्त पोस्टकार्डमा स्तनको तस्बिरमा अनुहार कोरिएको थियो र अगाडि “अल द ब्रेष्ट फ्रम लण्डन” लेखिएको छ ।
सबै चिठ्ठीहरू हल्का छैनन् । अक्टोबर १७, १९९१ को चिठ्ठीमा डायनाले लेखेकी छन्, “तपाईं मप्रति यति दयालु हुनुहुन्छ र मेरो जिम्मेवारी/भूमिका र यससँग जोडिएका कुराहरू बुझ्नुभएकोमा म हृदयदेखि प्रभावित भएकी छु ।” उनले “प्रोज्याकको लागि तीन चियर्स” भन्दै मानसिक स्वास्थ्यको विषय पनि उल्लेख गरेकी छन् ।
यी चिठ्ठीहरू केन्सिङ्टन प्यालेसको हेडेड पेपरमा लेखिएका छन् भने क्रिसमस कार्डहरू पनि लिलामीमा छन् । प्रत्येक चिठ्ठीको मूल्य ५०० पाउण्ड (झण्डै ९० हजार रुपैयाँ) देखि दुई हजार पाउण्ड (झण्डै ३ लाख ६० हजार रुपैयाँ) सम्म अनुमान गरिएको छ ।
टेरेन्स स्ट्याम्पलाई ‘स्विटिङ सिक्स्टीज’ को प्रतिनिधि व्यक्तित्व मानिन्थ्यो । उनी सुपरम्यान फिल्ममा जनरल जोडको भूमिकाका लागि विश्व प्रसिद्ध थिए । लिलामीमा उनको ‘सुपरम्यान’ र ‘सुपरम्यान २’ को स्क्रिप्ट पनि राखिएको छ, जसको मूल्य तीन हजार पाउण्डदेखि पाँच हजार पाउण्डसम्म सम्म अनुमान छ ।
डायनाको मृत्यु १९९७ मा ३६ वर्षको उमेरमा भएको थियो । यसअघि पनि उनको व्यक्तिगत चिठ्ठीहरू लिलामीमा बिक्री भएका छन् । सन् २०२४ मा उनको पूर्व हाउसकीपरलाई लेखिएका चिठ्ठीहरू बिक्री भएका थिए भने सन् २०२३ मा ३२ वटा चिठ्ठीहरू झण्डै २ करोड ६० लाख रुपैयाँमा बिक्री भएका थिए ।
बोन्हाम्सकी पपुलर कल्चर प्रमुख क्लेयर टोल-मोइरले स्ट्याम्पलाई “लन्डनको स्विङिङ सिक्स्टीजको परिभाषित व्यक्तित्व” भनेकी छन् ।
यो लिलामी आगामी सोमबारदेखि सुरु हुँदैछ । डायनाका यी चिठ्ठीहरूले उनको निजी जीवन र भावनात्मक पक्षलाई अझ नजिकबाट बुझ्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।









