काठमाडौं । लामो समयदेखि माधव नेपाल पक्षमा रहेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अन्तिम्मा क्याम्प परिवर्तन गरेकी छन् । उनले क्याम्प परिवर्तन मात्र गरिनन् वागमती प्रदेशको मुख्यमन्त्री नै पड्काउने भइन्।
बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणी पौडेलले राजीनामा दिएपछि भएको बैठकले शाक्यलाई सर्वसम्मत दलको नेता चयन गरेको छ । यो सँगै उनको लागि मुख्यमन्त्री हुने बाटो पनि खुलेको छ ।
नेपाल पक्ष नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग जाँदै गर्दा शाक्य भने एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी हुन् ।









