२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

एमाले नेता रघु पन्तको भनाईप्रति शेर्पा समुदायको आपत्ती



केही दिनअघि एमाले नेता रघुजी पन्तले शेर्पा समुदायको राखेको भनाईप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शेर्पा जातिको छाता संगठन नेपाल शेर्पा संघले एक विज्ञप्ती जारी गरी पन्तको उक्त सतही भनाईले शेर्पा जातिमाथि गम्भीर चोट पुगेको उल्लेख गर्दै अपमानबोध भएको उल्लेख गरेको छ ।

संघका महासचिव लाक्पा शेर्पाले जारी गरेको बिज्ञप्तिमा पन्तको उक्त गैरजिम्मेबारपूर्ण अभिव्यक्ति कुनैपनि रुपमा क्षाम्य हुन नसक्ने पनि उल्लेख गरिएको छ । ”शेर्पा नेपालमा कहिले आए? कति आए ?, कसरी आए?, किन आए?, शेर्पा जाति के हो? जस्ता विषयमा सस्तो लोक प्रियता कमाउने हेतुले पन्तले दिएको अभिब्यक्तिको विश्वभरमा रहेका शेर्पा समुदाय गहिरो खेद प्रकट गर्दछ” बिज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीको पूर्णपाठ:

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ३ : १६ बजे