९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

साहित्यिक कार्यक्रममा खाज्याम विमोचित


२७ जेष्ठ २०७४, शनिबार  

0
Shares

काठमाडाैं । तामाङ डाजाङको १६४ औं साहित्यिक कार्यक्रम (ग्योइकाइ गेताङ)मा तामाङ डाजाङकै सदस्य काभ्रेकी हिरामाया घिसिङद्वारा लिखित तामाङ भाषाको उपन्यास खाज्याम (मृत्युको अन्तिम घडिमा आफ्नो छोरा या छोरीलाई दिएको बचन) को विमोचन भयो ।

शनिबार काठमाडाैंको अारअार कलेजमा अायोजित कार्यक्रममा प्रमुख अतिथि तामाङ भाषाविद् अमृत योन्जन, तामाङ लोकसम्राट चन्द्र कुमार मोक्तान, लेखकद्धय प्रताब बल र रबिन्द्र ग्याबा, ङेमा गोले, ढुप्साङ लामा लगायतले कितावको विमोचन गरेका हुन् ।

बिमोचित पुस्तक माथि साहित्यकार यकिना अगाध र पत्रकार शान्ति दोङले समिक्षा गरेका थिए ।

डाजाङकी अध्यक्ष सञ्चु ब्लोनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सजना गोले, ढुप्साङ लामा, धनकुमारी घिसिङ, इश्वर थोकर, तेज योन्जन, भरत ग्लान, रोशन थिङ, सुवाश ब्लोन लगायतले साहित्यिक रचना वाचन गरे ।

प्रकाशित मिति : २७ जेष्ठ २०७४, शनिबार  ९ : ५१ बजे