२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

भोलि १० बजेबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता


९ माघ २०७४, मंगलबार  

0
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पुरा भएको जनाएको छ।

प्रदेशको उच्च अदालमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा भोली बिहान १० बजे देखी ४ बजे सम्म उम्मेदवारी दर्ता गराउने व्यवस्था आयोगले मिलाएको छ।

आयोगले प्रदेशको उच्च अदालत रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको मतदाता नामावलीको उतार र १० हजार रुपियाँ धरौटी जम्मा गरेको नगदी रसीद वा बैङ्क भौचर सहित उम्मेदवारीले मनोनयनपत्र दर्ता गराउन जानु पर्ने छ।

प्रकाशित मिति : ९ माघ २०७४, मंगलबार  ८ : २२ बजे