२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

प्रवासमा हामी सबै नेपाली एक हुनुपर्छ कोही अपहेलित महसुस नगरौ ।


Ang

२ जेष्ठ २०७५, बुधबार  

0
Shares

अच्युत सिग्देल

अन्तत: आधा भए पनि परेड हुने नै भयो । एक तर्फि विजयको विगुल फुकेर छाति चौड़ा वनाएर परेड खेल्दैछन भने अर्को तर्फ अपमानित र लज्जित महसुस गर्दै वहिस्कार गर्दैछन । प्रवासमा वसेर मन भरि देश वोकेर पनि परेड खेल्न नपाऊनु पीड़ादायी त अवस्य छ नै । तर कतिपय अवस्थामा आफ्नो हकहित र मूल्य मान्यतालाई थॉति राखेर सामाजिक सद्भाव तर्फ ध्यान पुर्याऊन जरूरी हुन्छ । सहन जान्नेहरूले सधै हार्नु पनि पर्दैन । समय वलवान हुन्छ घुमिफेरि सवैको पालो आऊछ र धैर्य र सँयमता नै ठूलो कुरा हुन्छ । प्रारम्भिक चरणमा सहजकर्ताको रूपमा नेपाल डे परेड विवादलाई नजिकवाट जान्ने मौका पाएँ ।
दुवै पक्षको चाहना र लचकताको महसुस गर्दा समस्या समाधानको विलकुलै नजिक पुगिएको थियो । समस्याको मुख्यकारण फिप्नाको वर्तमान र भूतपूर्व नेतृत्वतहको वैमनस्यता नै हो । लगातार सम्वाद प्रयास असफल हुनु र भू पु नेतृत्वको आत्मसम्मानमा लागेको सँकाग्रस्त चोट र चुनावी परिणाम र यस्को परिवेश नै नेपाल डे परेडको विवादको जड़ हो । सुचारू सँवाद र नियमित भेटघाटले यी समस्याहरू धेरैहद सम्म न्यूनिकरण भै सकेको हो ।

पैसा र हिसाव नेपाली समाजको हो । यो परेड सँचालनको प्रयोगमा मात्र खर्च हुनु पर्दछ । फिप्नालाई त हिसावको किताव मात्र चाहिएको हो । हिसाव कितावको लेन देन आन्तरिक मामला हुनु पर्ने हो भएन सार्वजनिक भयो ।हिसाव कितावको वास्तविक हक़दार नेपाली समाज हो चुपचाप छ । गत वर्षको आयोजकहरू सँग रूष्ट र असन्तुष्टि हुदाहुदै पनि आर्थिक मामलालाई त्यति ध्यान दिएको छैन वा विस्वस्त नै छ । गत परेड आयोजक प्रमुखहरूले नेपाल डे परेड लाई आफूमा निहित राख्नु सामाजिक अपराध नै हो । सामाजिक रूपमा गल्ति स्वीकार गर्नु र माफि माग्नु र यस गल्तिलाई निकासको वाटो दिलाई दिनु ऊनीहरूको सकरात्मक पक्ष हो ।

आफ्नो कार्यकालमा आफ्नै अध्यक्षले गरेको कारोबार सार्वजनिक रूपमा लिखितम गरेर १०० जनाको रोहवर र साक्षिमा म ज़िम्मेवार छु र रहन्छु भनेर सहिछाप गरेपछि फिप्नाले माईनुटिङ द्वारा पूर्व अध्यक्षको कार्यकालको सवै ज़िम्मेवारी सुम्पिएर परेडको अध्यक्षता लिनु पर्ने थियो । तर यो गर्न नसक्दा वर्तमान फिप्ना नेतृत्व मण्डल चुकेकै हो । अन्तत वर्तमान परेड डे ईन्कले आफ्ना सक्क्ली काग़ज़ात तदर्थ समितीलाई हस्तान्तरण गरिसकेको रहेछ । सँघ सँस्था सम्मिलित टोली परमिटमा एन आर एनको नाम जोडेर आयोजक वन्दै सँयुक्त परेड नेतृत्व टोलीले परेड गर्दैछ । आधा दर्जन कन्भेनर हुनु र पदीय भागदौड़ गर्नु कमज़ोर पक्ष हो भने सहमतीमा पडेर गर्ने वातावरण वनाऊनु सकरात्मक र सवल पक्ष हो ।

मेरो विचारमा व्यानरहरूमा नेपाल डे परेड ईन्क नदेखाऊने सर्तमा , एन आर एन सँग सँयुक्त हैसियत र साझेदार रपमा फिप्ना र शेर्पा किदुङ सँस्थागत परेडमा सँलग्न हुदा केहि फरक पर्दैन । परमिट नेपाल र नेपालीको नाममा लिईएको एक प्रकृयागत पत्र मात्र हो । सहभागिता ,सँलग्नता र नेतृत्व महत्वपूर्ण कुरा हुन । सँस्थागत रूपमा भाग नलिए पनि व्यक्तिगत रूपमै भएपनि फिप्ना र शेर्पा किदुङ लाई आमन्त्रण गर्नसके यो सालको परेडको गरिमा वढ्ने छ । विवादको अन्य हुनेछ ।

अर्कोसाल समयमा नै नेपाल डे परेड ईन्क को नाम परिवर्तन गरेर, ट्राई स्टेट फेडरेसनको नाममा वा एन आर एन तथा फिप्ना – शेर्पा किदुङ र सवै सँघ सँस्था सँयुक्त रूपमा परेडमा समावेस हुने उपयुक्त वातावरण वनाऊन पहल गर्नु पर्दछ । प्रवाशमा रहने हामी सवै नेपाली अपहेलित महसुस नगरौ । गएको समय र वगेको खोला फर्कदैन । सिटीले दिएको सम्मान र नेपालको हैसियत वचाएर राखौ । जुटे तागत फुटे खरानी ।

वैमनस्यता र मनको क्लेश पखालौ
कोहि नछुटौ सवै मिलेर परेड गरौ ।
जय नेपाल, जय नेपाली, जय प्रवाश

लेखक आदीवासी जनजाती महासंघ फिपना र नेपाल डे परेड इन्कलाई मिलाउने प्रमुख सहजकर्ता हुन ।

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार  ९ : ५५ बजे