२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

विश्वविजेता जर्मनी समूह चरणबाटै बाहिरियो, समूह एफबाट स्विडेन र मेक्सिको अन्तिम १६ मा


१३ असार २०७५, बुधबार  

0
Shares

४ पटकको विश्वविजेता जर्मनीलाई २-० गोल अन्तरले रोक्दै अन्तिम १६ मा जानबाट दक्षिण कोरियाले रोकेको छ। इन्जुरी टाइममा कोरियाले २ गोल गर्दै जर्मनीलाई स्तब्ध बनाएको हो। यो दक्षिण कोरियाको एेतिहासिक जित हो।

कोरियाका लागि किम यङले ९२ औं मिनेटमा गोल गरे भने सन मिनले ९६ औं मिनेटमा गोल गरे। यो खेलका लागि ९ मिनेट इन्जुरी टाइम थपिएको थियो।

यता स्विडेनले मेक्सिकोलाई ३-० ले पराजित गर्दै समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ। खेलमा पराजित भए पनि मेक्सिको रनरअप बन्दै प्रि क्वाटर फाइनलमा प्रवेश गरेको छ। स्विडेनले समूह ईको उपविजेतासँग सामना गर्नेछ भने मेक्सिकोले ई को विजेतासँग सामना गर्नेछ।

जर्मनी समूह चरणबाट पहिलोपटक आउट भएको हो। ४ पटकको उपविजेता, चारपटक तेस्रो स्थान सफल भएको जर्मनी यसपटक भने समूह चरणमै चौथो बनेर घर फर्केको छ।

प्रकाशित मिति : १३ असार २०७५, बुधबार  ९ : ४९ बजे