३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

ट्रिपरको ठक्करले ११ वर्षीय बालिकाको मृत्यु, आक्रोशित स्थानियले जलाए ८ वटा ट्रिपर


१४ माघ २०७५, सोमबार  

0
Shares

मोरङ । ट्रिपरको ठक्करबाट स्थानिय ११ वर्षीया बालिका लक्ष्मी ढकालको घटनास्थलमै मृत्यु भएको छ ।

सोमवार मोरङको सुन्दर हरैचा नगरपालिकास्थित सिजल घारीमा  विराटचौकबाट विराटनगरतर्फ जाँदै गरेको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरले स्थानीय बालिका रोड क्रस गर्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो ।

बालिकाको मृत्युपछि ठक्कर दिई भागेको ट्रिपर आफैँ अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किए पछि स्थानीयले सोही ठाँउमा गई उक्त ट्रिपरमा आगो लगाएका हुन् ।

बालिका ढकाल घटनास्थलमै मृत्यु भए पछि  आक्रोशित विराटचौकवासीले ठक्कर दिने ट्रिपरस साथै उक्त सडक खण्डमा गुडिरहेका अन्य ८ ट्रिपरहरुलाई समेत रोकेर आगजनी गरेका छन् ।

उक्त स्थितिले उग्ररुप लिएपछि नियन्त्रणमा लिन प्रहरीले अहिले कर्फ्यू जारी गरेको विराटचौक स्थानीयवासी भिम चन्द्र राईले जानकारी दिएका छन् । साथै दुर्घटनामा परि मृत्यु भएका बालिका लक्ष्मी ढकालको स्थानियले हाल सम्म शव उठाएका छैनन् ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार  ७ : ०४ बजे