मोरङ– बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालको आईसीयूबाटै पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सोमबार बिहान ४ बजे विराट नर्सिङहोममा उपचाररत उनलाई आइसीयूबाटै पक्राउ गरेको हो ।
बलात्कार आरोपी सिद्धबाबालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिन खोजेको थियो । विराट नर्सिङ होमले हृदयघात भएको भन्दै आईसीयूमा राखेपछि सुनसरीबाट गएको प्रहरी टोली पछि हटेको थियो ।
पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्याइएको छ ।
सिद्धबाबामाथि आफ्नै अनुयायीले बलात्कार गरेको आरोप लगाएकी छन् । गत कात्तिक ४ गते बलात्कार गरेको महिलाको उजुरीपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको हो ।