कुवेतमा मजदुरहरू बस्ने ६ तल्ले भवनमा आगलागी हुँदा ४९ जनाको मृत्यु भएको छ । उक्त घट्नामा तीन नेपाली पनि घाइते भएका छन् । मृत्यु हुनेमा ४० जना भारतीय रहेको खुलेको छ ।
बुधबार बिहान मन्गाफ जिल्लामा मजदुरहरूको आवासीय भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ जना पुगेको र तीमध्ये ४० जना भारतका रहेको पुष्टि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले गरेका छन् । उनीहरू केरल र तामिलनाडुका रहेको बताइएको छ ।
भवनमा डेढसय भन्दा बढी मजदुरहरू बस्थे भने अधिकांश तेल कम्पनीमा काम गर्ने रहेको बताइएको छ । केही आगो फैलिनुभन्दा अगाडि नै भाग्न सफल भएका र केहीलाई घाइते अवस्थामा उद्धार गरिएको जनाएको छ ।
उक्त भवनमा रहेका नेपालका पाँच मजदुर मध्ये तीन जना घाइते भएको हो । अन्य दुई जना सुरक्षित रहेको बताइएको छ । घाइतेहरुको अवस्था बुझ्न दूतावासको टोली अस्पताल पुगेको पनि बताइएकफ छ ।