४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026

प्रधानमन्त्री बालेनको “र्‍याप ब्याटल” यूट्युवबाट हटाउन उजुरी



प्रधानमन्त्री बालेन्द्र शाहले १२ वर्ष अघि गरेको ‘र्‍याप ब्याटल’ युट्युवबाट हटाउन माग गर्दै प्रहरीको साइबर व्यूरोमा उजुरी परेको छ

उक्त र्‍याप ब्याटलले बलात्कार गर्न उक्साएको र महिला तथा लैंगिक अल्पसंख्यक समुदायको आत्मसम्मानमा हमला गरेको भन्दै संविधानसभा सदस्य सुनिलबाबु पन्तले साइबर ब्युरोमा उजुरी दिएका हुन्। उनले सामाजिक सञ्जालमार्फत शाहको र्‍याप ब्याटलबारे प्रश्न उठाउँदै आएका थिए।

पन्तले इमेलमार्फत दिएको उजुरी शुक्रबार दर्ता भएको साइबर ब्युरोका एसपी दिलिपकुमार गिरीले जानकारी दिएका छन् ।

‘पन्तले इमेलमार्फत जाहेरी पठाउनुभएको थियो । साथै आज समुदायका अन्य व्यक्तिहरू कार्यालयमा आएर आएर सोही विषयमा अर्को निवेदन पनि दिएका छन्,’ एसपी गिरीले भने,’बालेनको र्‍याप ब्याटलमा अल्पसंख्यक समुदायमाथि अपशब्द बोलिएको आरोप छ ।’

शुक्रबार उजुरी दर्ता भएसँगै ब्युरोको टिमले बालेको र्‍याप ब्याटलबाट कस्ता शब्दहरू प्रयोग भएका छन् भनेर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ७ : ३२ बजे