२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

सोलुखुम्बुमा एक किलो नुनको ७५ रुपैयाँ


४ जेष्ठ २०७४, बिहिबार  

0
Shares

सोलुखुम्बु । सरकारले सहुलियतमा दिएको नुन प्रतिकिलो कति रुपैयाँ पर्ला ? धेरैको अनुमान हुन सक्छ १०÷१५ रुपैयाँ । तर जिल्लाको बुङ, छेस्काम र गुदेलमा सहुलियतको नुन प्रतिकिलो ५० रुपैयाँ तिर्नुपर्छ ।
सदरमुकाममा प्रतिकिलो नौ रुपैयाँमा पाइने नुन जिल्लाको छेस्काममा प्रतिकिलो ५०, गुदेलमा ४८ र बुङमा रु ४० मा बिक्री भइरहेको छ । सहुलियतभन्दा बाहेकको नुन भने छेस्काममा प्रतिकिलो ६०, गुदेलमा रु ७५ र बुङमा ६० का रुपैयाँ दरले बिक्री गरिँदै आएको छ ।

 

यी गाविसमा ढुवानी भाडा महँगो पर्ने भएकाले सरकारले सहुलियतमा दिएको नुन महँगो पर्न गएको हो । गाविसमा रहेका विभिन्न क्लबले वडा तथा गाविसस्तरको नुन जिम्मा लिएर सदरमुकाम सल्लेरीबाट ढुवानी गर्दा महँगो परेको छेस्कामका शंकर कुलुङले बताए । सल्लेरीबाट ती गाविससम्म खच्चडमार्फत नुन ढुवानी गर्दा प्रतिकिलो ३५ रुपैयाँ तिर्नुपर्छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार  ११ : ३३ बजे