निर्वाचनअघि हिलारी क्लिन्टनले चुनाव जित्ने सर्वेक्षण आउँदा अमेरिकी सेयर बजार हरियो देखिन्थ्यो भने डोनाल्ड ट्रम्पको पल्लाभारि हुँदा रातो ।
तर जब ट्रम्पको जित सुनिश्चित भयो वाल स्ट्रिटले हरियो रंगले उनको स्वागत ग¥यो । लगानीकर्ता क्लिन्टनस“ग बढि विश्वस्त देखिन्थे । जे भएपनि ट्रम्पको विजयस“ग लगानीकर्ता डराएनन् ।
अमेरिकाको राष्ट्रपतिमा ट्रम्प विजयी भएपछि सेयर बजार उकालो लागेको छ । क्लिन्टन विजयी हुने सर्वेक्षण आउ“दा उकालो लागेको वाल स्ट्रिट ट्रम्पको जितमा पनि खुशी देखिएको छ ।
निर्वाचनअघि वालस्ट्रिट ट्रम्पको विपक्षमा थियो भने क्लिन्टनको पक्षमा थियो । क्लिन्टनले जित्दा राष्ट्रपति वाराक ओवामाको नीतिले निरन्तरता पाउने विश्वास लगानीकर्ताले लिएका थिए । ट्रम्पले जित्दा अस्थिरता आउने आशंकामा वालस्ट्रिट केही ओरालो लाग्ने गरेपनि परिणाम आएपछि बजार माथी गएको छ ।
निर्वाचन परिणाम ट्रम्पको पक्षमा आउन थालेपछि विश्वभरका सेयर बजार ओरालो लागका थिए । अन्तिम परिणाम आउनुअघि अमेरिकी लगानीकर्ता पनि डराएका थिए । परिणाम आएपछि अमेरिकी सेयर बजारले भने ट्रम्पको स्वागत ग¥यो ।
दुवै सदनमा रिपव्लिकनको वहुमत आएकोले पनि बजारले ट्रम्पलाई स्वागत गरेको हो । सदनमा भएको सहज वहुमतले आवश्यक कानुन पारित गर्न ट्रम्पलाई सहज हुनेछ । यो सहजताले सृदृढ अर्थतन्त्रमा थप टेवा पुग्नेछ । उसैपनि विश्वको नम्बर एक अर्थतन्त्र मानिएको अमेरिकी अर्थव्यवस्था अहिले झन बलियो हु“दै आएको छ ।
यसले रोजगारीको सृजनामा तिव्रता ल्याउनेछ । अझ ट्रम्पको कडा इमिग्रेशन नीतिले रोजगारीका थप अवसर सृजना गर्नेछ । चुनावी अभियानका क्रममा ट्रम्पले गरेको वाचा अनुरुप आपराधिक गतिविधिमा संलग्नलाई फिर्ता गर्ने योजना दोहो¥याएका छन् । ओवामा प्रशासनले आपराधिक गतिविधिमा संलग्नलाई अमेरिकाबाट फिर्ता गर्दै नै आएको हो । गैरकानुनी रुपमा अमेरिका भित्र बसिरहेका लाई फिर्ता गरिएमा थप रोजगारीका अवसर सृजना हुनेछन् ।
हुन त नव निर्वाचित राष्ट्रपति ट्रम्पले ल्याउने नीतिमा नै यो केन्द्रित हुनेछ । ट्रम्पको चुनावी भाषणलाई आधार मान्नु भन्दा कानुन वमोजिम कसरी उनले काम कसरीे अगाडी बढाउ“छन त्यसपछि मात्रै वास्तविक नीति थाहा हुनेछ ।
रोजगारी सृजनास“गै उनको अरु आर्थिक नीतिले अमेरिकालाई थप शक्तिशाली बनाउने आशा गर्न सकिन्छ । चुनावी अभियानका क्रममा उनले व्यापारघाटा न्युन पार्ने लगायतका योजना सार्वजनिक गरेका थिए । चुनावी अभियानमा पनि अर्थतन्त्रका विषयमा ट्रम्प र क्लिटन वीच खासै भिन्नता थिएन । अर्थतन्त्र सुधारका पक्षमा ट्रम्पको कदम अगाडी बढ्ने आशा लगानीकर्तामा पलाएकोले ट्रम्पलाई सेयर बजारले स्वागत गरेको हो ।
हुन त अतिकम विकसित मुलुक र विकसित मुलुकको सेयर बजारको तुलना हुन सक्दैन । तर जहा“का लगानीकर्ताको पनि स्वभाव एकै किसिमको हुने गर्छ । राजनीतिक स्थिरता हुने आशामा काठमाडौंको सेयर बजारमा पनि भाउ बढ्ने गर्छ । अमेरिकाको विकसित र अत्याधुनिक बजारका लगानीकर्ता पनि स्थिरता र आर्थिक विकासकै पक्षमा हुन्छन् ।
अहिले अमेरिकी बैंकहरुको सेयर मूल्य सन् २००८ को वित्तीय संकट सुरु हुनुअघिको अवस्थामा पुगेको छ । अर्थतन्त्र बलियो हु“दै गएपछि यहा“को केन्द्रिय बैंक व्याजको दर बढाउने योजनामा छ । डिसेम्बरमा बस्ने फेडको बैठकले व्याजदर बढाउने मूख्य आधार भनेको रोजगारी वृद्विको अवस्था नै हो । रोजगारी वृद्धि भएमा वेरोजगार भत्ता लिनेको संख्या पनि घट्नेछ । यसलाई आधार बनाएर फेडले व्याजदर बढाउने, नबढाउने निर्णय लिनेछ । व्याजदर बढेमा बैंकहरुको आम्दानी बढ्नेछ । यही आधारमा बैंकहरुको सेयर मूल्य बढेको हो ।
अहिले वेल्स फार्गो, चेज बैंक, सिटि बैंक लगायत वित्तीय क्षेत्रका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । सेयर मूल्य उच्च भएका कम्पनीको भाउ घटेको पनि छ । व्याजदर बढेमा वित्तीय बाहेकका क्षेत्रका कम्पनीको सेयर “जमूल्य केही तल आउन सक्नेछ । तर अर्थतन्त्रमा सुधार हु“दै गएमा सेयर बजारका कम्पनीको मूल्य पनि उकालो नै लाग्नेछ ।
अमेरिकाको होस की नेपालको सेयर बजारको प्रकृति एउटै हो । अमेरिकाको सेयर बजार पूर्ण रुपमा अत्याधुनिक छ भने नेपालको सेयर बजार अत्याधुनिक हुन बा“की छ । घरमा नै बसेर अनलाईनबाट विश्वका नम्बर एक देखि झुर कम्पनीको सेयर किनवेच गर्न सकिन्छ । बैंक खातामा रहेको पू“जी आवश्यकता अनुरुप स्टक ब्रोकरको एकाउन्टमा लैजाने र ल्याउने गर्न सकिन्छ । कम्पनीले कमाइबाट हरेक तीन महिनामा लाभांश दिन्छन् । यो लाभांश स्टक ब्रोकरमा रहेको लगानीकर्ताको खातामा सोझै जम्मा हुन्छ ।
साधारण सभा र संचालक निर्वाचन सम्वन्धि सवै जानकारी पनि स्टक ब्रोकर मार्फत एकाउन्टमा आउने गर्छ । यो आधारमा वालस्ट्रिट विश्वकै अत्याधुनिक सेयर बजार हो । यो बजारमा प्रवेश गर्नका लागि धेरै ठुलो पु“जी आवश्यक पर्दैन । मात्रै लगानी गर्ने इच्छा भए पुग्छ । लगानीका लागि केही राम्रा कम्पनी छान्न सक्नुपर्छ ।
अमेरिकाको सेयर बजारमा लगानीका लागि धेरै विकल्प छन् । उच्च देखि न्युन जोखिम भएका स्टक, सरकारी वण्ड, म्युचुअल फण्ड छन् । बजारमा लगानी गर्दा जोखिम त हुन्छ नै । कति जोखिम लिने भन्ने लगानीकर्तामा भर पर्छ ।
अर्थतन्त्र अझ बलियो हु“दै गएमा बजारमा सेयरको भाउ बढने निश्चित हुन्छ । अर्थतन्त्र कमजोर भएमा, अशान्ति सृजना भएमा सेयरको भाउ घटने जोखिम रहन्छ । यो अवस्थालाई मध्यनजर गर्दै अमेरिकामा रहेको नेपाली समुदाय पनि सेयर बजारमा लगानी गर्ने हो की ?