१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

प्रधानमन्त्री देउवासँग अमेरिकी राजदूतको भेटवार्ता


२५ जेष्ठ २०७४, बिहिबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकाकी राजदूत अलाइन टेप्लिजले भेटवार्ता गरेकी छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले अमेरिकाले नेपाललाई विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा सहयोगको निरन्तरता र थप वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे ।

सो अवसरमा राजदूत टेप्लिजले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई दिँदै उनको कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

भेटमा राजदूत टेप्लिजले प्रधानमन्त्री देउवाको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेकी थिइन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७४, बिहिबार  ६ : २१ बजे