११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

उपचारका लागि न्यायाधीस अमेरिका जानु परेपछि भरतपुर मुद्दा एक साता पर


२ श्रावण २०७४, सोमबार  

0
Shares

काठमाडौं । भरतपुर महानगरको मतपत्र च्यातिएको मुद्दाको सुनुवाई फेरि सरेको छ । समय अपुग भएको भन्दै न्यायाधीशद्व ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले साउन ८ गते सम्मका लागि स्थगित गरेको हो ।

न्यायाधीश भण्डारी मंगलबार अमेरिका गएर शनिबार मात्र फर्कने भएकाले सुनवाइ साउन ८ गते मात्र हुने सर्वोच्चले जनाएको छ।

पहिलो चरणको स्थानीय तह निर्वाचनमा विवाद हुँदा भरतपुर–१९ मा मतपत्र च्यातिएको थियो । निर्वाचन आयोगले भरतपुर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्ष मतगणना सुचारु गर्नुपर्ने मागसहित सर्वोच्च आदालतमा रिट दायर गरेको थियो ।

सोही वडाका मतदाता समेत रहेका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बनेका गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७४, सोमबार  ८ : १३ बजे