४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

मतदाता नामावली संकलन अब स्थानीय तहबाटै


३ श्रावण २०७४, मंगलबार  

0
Shares

काठमाडाैं । मतदाता नामावली संकलन अब स्थानीय तहको केन्द्रबाटै हुने भएको छ ।

आयोगले गत असार २२ गते गरेको जिल्ला निर्वाचन कार्यालयबाट मात्र मतदाता नामावली संकलन गर्ने निर्णय सच्याउँदै मंगलबार सबै स्थानीय तहबाट मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो।

साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट मात्र मतदाता नामावली संकलन गर्न सुरु गरेको आयोगले चौतर्फी विरोध र दलहरुको दवावपछि काम थालेको तीन दिनमा निर्णय सच्याएको हो।

प्रकाशित मिति : ३ श्रावण २०७४, मंगलबार  ६ : ०२ बजे