१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङमा थप पाँच शव फेला, मृतकको संख्या १५ पुग्यो



माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको अडिट ३ सुरुङभित्र थप पाँच जनाको शव फेला परेको छ।

बुधबार सुरुङको अपस्ट्रिम क्षेत्रमा मेसिनरी उपकरणको प्रयोग गरी लेदो हटाउने र अघि बढ्ने क्रममा ती शवहरू फेला परेको आयोजना निर्माण कम्पनीले जनाएको छ। योसँगै उक्त आयोजनास्थलबाट फेला परेका मृतकहरूको कुल संख्या १५ पुगेको छ।

बाढीपछि प्रभावित बनेको क्याम्पसाइटमा उत्खनन जारी राखिएको छ भने साना मेसिनरी उपकरणहरूको सहायताले बाँकी बेपत्ताहरूको खोजी कार्य निरन्तर भइरहेको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार बाढी आउनुअघि आयोजनास्थलमा कूल १ हजार ४३३ जना श्रमिक तथा कर्मचारीहरू कार्यरत थिए। हालसम्म तीमध्ये ८७८ जना मात्रै सुरक्षित रूपमा सम्पर्कमा आएको र उद्धार गरिएको इप्पानले जनाएको छ। बाँकी बेपत्ताहरूको खोजी तथा उद्धार प्रयास जारी छ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ११ : ०३ बजे