काठमाडौं । नेपाली सेनाले ब्रिटीस सेनालाई पराजित गरेको २,५० वर्ष पुगेको उपलक्ष्यमा सिन्धुलीको सिन्धुलीगढीमा कात्तिक २४ गते विजयोत्सव मनाउने भएको छ ।
सोही अवसरमा समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा पर्यटन प्रवद्र्धन गराउन साइकल यात्रा गराउने भएको छ । बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी साइकल यात्राका संयोजक भुवन थापाले उक्त जानकारी दिए । साइकल यात्रा कात्तिक २३ देखि २५ सम्म तीनदिनको हुने आयोजकले जनाएको छ । साइकल यात्रीले काठमाडाैंबाट सिन्धुलीसम्म १,५३ किलोमिटर यात्रा तय गर्नेछन् ।
उक्त अवसरमा कमलामाई नगरपालिकाका मेयर खड्का खत्रीले सिन्धुलीगढी नेपाललाई चिनाउने सगरमाथा, लुम्बिनी र पशुपतिजस्तै स्थान भएको धारणा राखे । ‘नेपाललाई चिनाउने तीन प्रमुख स्थान सगरमाथा, लुम्बिनी र पशुपति हो, योसँगै सिन्धुलीगढी पनि पर्छ, सम्पूर्ण नेपालीको गौरवगाथा यसले बोकेको छ,’ कार्यक्रममा मेयर खड्काले भने, ‘यस्तो ऐतिहासिक ठाउँको प्रवद्र्धनमा हामी सिन्धुलीबासीमात्र हैन, पुरै देशवासी लाग्नेमा म विश्वस्त छु ।’
कार्यक्रममा विश्वसाइकल यात्री पुष्कर शाहले आफु पनि साइकल यात्रामा सहभागी हुने प्रतिवद्धता व्यक्त गरे । नेपालमा साइकल पर्यटनको प्रचुर सम्भावना भएकोले आफु यसको अभियानमा लागेको र समृद्ध सिन्धुलीको अभियानमा आफ्नो साथ रहने उनको भनाई थियो ।
अर्का साइकल यात्री देवेन्द्र बस्नेतले यस साइकल यात्राका लागि विदेशीहरुसमेत उत्सुक रहेको उल्लेख गरे ।
कार्यक्रमबारे सिन्धुलीगढी संरक्षण र प्रवद्र्धन अभियानका संयोजक सौरभ ढकाल, विजय उत्सव सांगीतिक समितिका संयोजक दीपक श्रेष्ठ, पत्रकार डण्ड गुरुङ र समृद्ध सिन्धुलीका संयोजक लीलानाथ घिमिरेले थप प्रकाश पारेका थिए ।
कार्यmत्रमलाई पर्यटन बोर्ड, फास्डफुड एसोसिएसन नेपाल लगायतले प्रायोजन गर्ने भएको छ । साइकल यात्रामा २,५० भन्दा बढीले सहभागिता जनाउने आपेक्षा गरेको आयोजकले जनाएको छ । अघिल्लो वर्ष पनि समृद्ध सिन्धुलीले साइकल यात्रा आयोजना गरेको थियो ।
४ आश्विन २०७४, बुधबार
0
Shares