नमस्ते यहाँ उपस्थित मेरा अग्रज अध्यक्षज्यु आइसिसि सदस्यज्युहरु लगायत सम्पुर्ण नव निर्वाचित पधादिकारीज्युमा म सोनाम लामाको ।
आजको यो सभामा म यहाँहरुलाई साक्षी राख्दै मेरो एनआरएनएको ८ वर्षको यात्रालाइ निरन्तर जारी राख्न आगामी २०१७ — २०१९ को आइसिसिको उपाध्यक्षको जिम्मेवारी लिने घोषणा गर्दछु । यहाँहरुको विश्वास र मायाले मलाई अझ निरन्त काम गर्न उर्जा मिलेको हो । गोर्खालीहरुको ईमान्दारीता र बहादुरीले सिचेको यो बेलायत मेरो अर्को घर हो, तपाइहरु मेरा परिवार । म सम्पुर्ण एनआरएनहरुलाइ विश्वास दिलाउन चाहन्छु मेरो उपाध्यक्षको कार्यकालमा गर्नु पर्ने÷गर्न सक्ने मेरा प्रतिबद्धताहरु
१) मेरो कर्म क्षेत्र अमेरीकाको क्षेत्रिय सम्मेलनमा पारीत भिजन २०२० एण्ड वियोण्डलाई पारीत गरी सफलतापुर्वक लागु गराउन ।
२) हामी एनआरएनहरुको दोश्रो गाउँ लाप्राक मेरो पनि सपना हो । मैले पनि सेवा गर्ने मौका पाएको छु । अध्यक्षज्युसगै अब बाँकी काम पुरा गर्न पछि हटने छैन ।
३) हाम्रो १४ वर्ष देखिको सपना हाम्रो हेडक्वाटर जसको म आफै संयोजक छु । अब बाँकी काम पनि पुरा गर्न म पछि हटने छैन ।
४) हामी भोली मरेर जान्छौ, हामी मरेर गएपनि हाम्रा छोराछोरी, नातीनातीनाहरुलाइ मुलुकसंग जोडी राख्न नागरिकताको निरन्तरताको लागी हिजोको भन्दा धेरै सकृय हुनेछु ।
५) देशमा काम गर्ने दक्ष कामदार छैन्न । मैले आफैले लाप्राक, हेडक्वाटर, मेरो बनिरहेको होटल, मुक्तिनाथ रिर्सोट, विश्वको अग्लो स्थानमा बनिरहेको बुद्ध मुर्ती परियोजनामा मैले आफै भोगेको छु । त्यसैले मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा मेरो सकृयता रहने छ ।
हिजो जसरी देशमा परेको संकटमा अध्यक्षज्यु संग काँधका काँध मिलाएर चाहे भुकम्प पिडितलाई राहत पु–याउन होस् , चाहे सप्तरी बाढी पिडितलाई सघाउन म हिजो जतिकै भोली पनि खट्ने छु । हिजोको दिनमा जति गरे म त्यसलाई निरन्तरता दिदै मेरो अबको दुई वर्षको कार्यकालमा यति काम सम्पन्न गर्न सके भने मैले मेरो देश मेरो नेपाल र तपाई एनआरएनहरु प्रतिको कर्तव्य पुरा भएको विश्वास गर्ने छु ।
अन्त्यमा सबैलाई एनआरएनएमा आबद्ध भई देशको विकासमा सहभागी हुन आग्रह गर्दै विदा माग्दछु ।
जय एनआरएन ।।