न्युयोर्क- एनआरएनए आइसिसिको आगामी नया नेतृत्वमा विभिन्न मुलुकबाट उम्मेद्धवरी दिने क्रम बडदै गइरहेको छ । आइसिसिको नया नेतृत्वको लागी उपाध्याक्ष भवन भट्टले अध्यक्ष पदमा उम्मेद्धवरी दिएपछि अन्य पदहरुमा पनि विभिन्न मुलुकबाट उम्मेद्धवरी दिन थालेका छन । यस पटकको सम्मेलनमा धेरै प्रतिनिधि रहेको अमेरिकाबाट विगतमा भन्द धेरै उम्मेद्धवर हुने देखिएको छ । क्षेत्रिय संयोजक सोनाम लामाले वेलयतमा पुगेर उम्मेद्धवरी घोषणा गरे लगतै अमेरिकाबाटै उपसंयोजक पदमा नविन शेरचनले बुधाबार आफनो उम्मेद्धवरी घोषणा गरेका छन ।
न्युयोर्कको सफल व्यवसायी सेरचन एनआरएन एनसिसिको बोर्ड अफ डाइरेक्टर हुदै एनआरएन आइसिसिमा दुई कार्यकाल सदस्यको रुपमा सेवा गरिसकेका छन । ‘ एनआरएनएमा निरन्तर रुपमा लाग्दै आउने क्रममा अझै केही सेवा गरौ भन्ने सोचसंगै सबै शुभेच्छुकहरुको सरसल्लाह अनुसार उपसंयोजक डिआरसि पदमा उम्मेद्धवरी दिन लागेको हो ‘ उनले भने-‘ एनसिसिहरुलाई स्वतन्त्र सस्थाको रुपमा विकास गर्ने र एनसिसिको आन्तरिक संरक्षणको लागी अभिभावकीय भुमिका निभाउनका लागी नया नेतृत्वमा अमेरिकी क्षेत्रिय उपसंयोजकको जिम्मेवारी लिन लागेको हो’ सेरचनले बताए । उनको उम्मेद्धवरीसंगै घोषणा गरेको पत्र यस प्रकार रहेको छ ।
आदर्णिय अमेरिकाज क्षेत्र (संयुक्त राज्य अमेरिका, क्यानाडा र चिल्ली) बसी एन आर एन दाजुभाई तथा दिदि बहिनीहरु, सर्वप्रथम नेपालीहरुको महान चाड बडादशैको उपलक्षमा यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छु। यहाहरुको माया ममता र बलियो समर्थनका कारण मैले एन आर एन एन सी सी अमेरिकामा २०१०–२०१२ एक कार्यकाल बोर्ड अफ डाइरेक्टर र गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदश्य भई दुइ कार्यकाल सेवा गर्ने मौका पाई सकेको छु। मैले गैर आवासीय नेपाली संघमा रही कार्य गर्ने सिलसिलामा एन सी सी र आई सी सी बिचको सम्बन्धमा केहि परिमार्जन गर्नु पर्ने महसुस गरेको छु। आई सी सी ले एन सी सी को सवालमा अविभाकिया भूमिका मात्र खेल्नु पर्ने हो भन्ने मेरो ठम्म्याई छ भने एन सी सी, आइ सी सी संग सम्बन्धन प्राप्त स्वतन्त्र संस्था हुनु पर्दछ भन्ने मेरो बुझाई छ। यसलाई अझ यसरि बुझौ, आइ सी सी ले आइ सी सी संग सम्बन्धित सवालमा बाहेक एन सी सी को आन्तरिक सवालमा हस्तक्षेपकारी भूमिका निर्बाह गर्नु उचित होइन भने एन सी सी ले आफ्नो आन्तरीक समस्याको समाधान आफै गर्नु पर्दछ। तसर्थ एन सी सी हरुलाई स्वतन्त्र संस्थाको रुपमा बिकास गर्न र एन सी सी को आन्तरिक संरक्षणको लागि अभिभावकीय भूमिकाको लागि मैले आगामी ८ औ बिश्व सम्मेलनमा गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, अमेरिकाज क्षेत्रको क्षेत्रीय उप संयोजकको लागि आफ्नो उम्मेदवारीको घोषणा गरेको छु। मलाई आशा र बिश्वास छ, यहांहरुले संधै झैँ यसपाली पनि साथ् र समर्थन गर्नु हुने छ।
धन्यवाद
नबिन सेरचन
हाल आई सी सी सदश्य तथा अमेरिकाज क्षेत्रको क्षेत्रीय उपसंयोजकको उम्मेदवार