१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

‘मुन्दुम ट्रेल’ सञ्चालनका लागि कस्सिए पर्यटन व्यवसायी, पदमार्गको अधिकांश क्षेत्र भोजपुरमै


१४ माघ २०७४, आइतबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

पूर्वको कर्णाली भनेर चिनिएको भोजपुर पर्यटन विकासमासमेत निकै पछि परेको छ । टेम्के, हाँसपोखरी, साल्पा, सिलिचुङ, बराह क्षेत्र, दिङ्लाजस्ता कैयान् पर्यटकीय क्षेत्र भए पनि यहाँ पर्यटकहरु भने आउन सकेका छैनन् ।

रुद्राक्ष, खुकुरीले प्रख्याती कमाएर केही आन्तरिक पर्यटक भित्रिए पनि बाह्य पर्यटकलाई अझै आकर्षण गर्न सकेको छैन ।
सदरमुकामसम्मसमेत भरपर्दो सडक यातायात नहुँदा यहीका स्थानीयलाई आउजाउ गर्न मुश्किल भइरहेकाले पनि पर्यटन क्षेत्र फस्टिन नसकेको हो । हवाई मार्ग पनि मौसममा भरपर्नु पर्ने अवस्था छ ।

तर, पछिल्लो समय मध्यपहाडी राजमार्गले टेम्के, चखेवाजस्ता पर्यटकीय क्षेत्रलाई जोडिदिए पछि भने पर्यटन क्षेत्रमा लागेकाहरु पर्यटकका लागि नयाँ रुट खोज्दै भोजपुरसम्म आइपुगेका छन् ।

यही प्रयासबाट भोजपुरमा नयाँ पदमार्ग पहिचान भई रेखाँकनसमेत सम्पन्न गरिसकेको छ । पदमार्ग पहिचानपछि मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले आइतबार काठमाडौंमा यस पदमार्गका विषयमा छलफल आयोजना गर्यो ।

केन्द्रले अनामनगरस्थित विनायो क्याफेमा छलफल कार्यक्रममा उक्त पदमार्गको नाम ‘मुन्दुम पदमार्ग’ राखिएको जनायो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिनी खनालले मुन्दुम पदमार्ग भर्जिन रुट बन्ने बताए । मध्यम खालको पदमार्ग को आकार पाएको तसर्थ नेपालको पूर्वी क्षेत्रको भाषा, धर्म तथा संकृतिको बारेमा पर्यटनले खासै स्वाद लिन नपाएको र पर्यटनले जहिल्यै पनि नयाँ ठाउँ, नयाँ संस्कृति हेर्न ईच्छुक हुने भएकाले पर्यटनको लागि पनि उत्तम पर्यटकीय क्षेत्र बन्न सक्ने दाबी गरे । उनले पर्यटन बोर्डको तर्फबाट हुनसक्ने आर्थिक सहयोग गर्न तत्पर रहने जनाए ।


पूर्वी नेपालको खाटाङ, भोजपूर, संखुवासभा र सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न नयाँ पदमार्ग ‘मुन्दुम पदमार्ग’ खोल्ने अभियान सुरु भएको केन्द्रका अध्यक्ष रमेश राईले बताए ।

पुस २१ देखि माघ १ गते सम्म अनुगमनको क्रममा निकै लामो समयबाट पर्यटन क्षेत्रमा काम गर्दै आएका विज्ञ टोली पत्रकारहरु साथमा त्यस क्षेत्रका स्थानीय सरोकार वालासँग उक्त संथाका सदस्यहरु अभियान कार्यक्रममा गएको जानकारी गराइयो ।


कार्यक्रममा भोजपूरे सेवा समाजका अध्यक्ष पासाङदोर्जे शेर्पाले मुन्दुम पदमार्गका क्षेत्रहरु आकर्षक रहेको दाबी गरे । ‘म जापान पुगें, अमेरिका पुगें, तर यो खालको दृश्य कतै पनि देखिनँ र त्यस क्षेत्रमा राई जातिको लोप हुँदै गई रहेको संस्कृति संरक्षण हुने देखिन्छ,’ उनले भने ।
यस क्षेत्रमा चरा अवलोकन, वनस्पति अध्ययन तथा रेड पान्डा अवलोकनसमेत गर्न पाइने शेर्पाले जानकारी दिए ।

केन्द्रका उपाध्यक्ष इन्सु राईले अभियानलाई पुरा गर्ने नै भएको कारण यसको सुरुवात गरेको बताउदै उक्त मार्गले नेपालको भविष्य बन्ने पक्का रहेको दाबी गरे । सगरमाथामा पहिलो पाइला राखेका तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीे यही मार्ग हुदै सगरमाथा पुगेको विश्वास गरिन्छ ।


टेम्केडाँडा बाट ८ हजार मिटर अग्ला हिमशृङखला सात वटा देखिने भएकाले यो ठाउहरु पर्यटनको लागि उपयुक्त रहने उनको विश्वास छ । यस पदमार्गलाई विकास गर्न यस अभियानलाई सफल पार्न नेपाल पर्यटन बोर्ड, टान, टेम्के मैयुङ गाउँपालिका, साल्पा सिलिचुङ गाउँपालिकासँग अग्रिम सम्झौता भईसकेको उनले बताए ।

प्रकाशित मिति : १४ माघ २०७४, आइतबार  ११ : ०४ बजे