२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

जापानमा ल्होसार भव्यताका साथ मनाउने


Ang

२७ माघ २०७४, शनिबार  

0
Shares

शेर्पा संघ जापानले शेर्पा समुदायको महान चाड नया बर्ष २१४५ स फो खी लो ग्याल्बो लोसारको उपलक्ष्यमा जापानमा भव्यताका साथ ल्होसार मनाउने तयारी गरिरहेको छ । शेर्पा जातीको मौलिक सस्कृतिको संरक्षण गर्ने लक्ष्य अनुरुप आयोजना हुन लागेको ल्होसार कार्यक्रममा शेर्पा समुदायको मौलिक पोशाक प्रदर्शन गरिने भएकोले कार्यक्रममा उपस्थित हुने सबै जापानबासी शेर्पाहरुलाई आफनै भेषभुषामा उपस्थितका लागी अनुरोध गरिसकेको आयोजकले जनाएको छ ।

आगामी फेबररी १८ तारिख हुन लागेको कार्यक्रममा नेपाली संस्कृति झल्कने नृत्य तथा गीत संगीतहरु प्रस्तुत गर्नुका साथै हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा संस्कृति झल्काने प्रस्तुतीसंगै कार्यक्रम हल तथा मन्चको ब्यबस्थापन गर्न लागेको छ आयोजकले जनाएको छ । टोकियोस्थित हामामाचु स्टेशन नजिकै रहेको मन्दिर रेष्टुरेष्टमा बिहान ११ बजे देखि साझ ५ बजेसम्म हुने कार्यक्रममा स्थानीय कलाकारहरुको साथमा गायक कर्मा दोङ र बिरेन्द्र बिष्टले विभिन्न नेपाली र सेलो गीतहरु गाउने भएकेा छ भने कार्यक्रमको अन्तमा डीजे हुने भएको छ ।

प्रकाशित मिति : २७ माघ २०७४, शनिबार  १० : ४६ बजे