२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

ओलीलाई बधाई दिँदै पाकिस्तान भ्रमणको निम्तो दिए अब्बासीले


२१ फाल्गुन २०७४, सोमबार  

0
Shares

काठमाडौं । पाकिस्तानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तान भ्रमणको निम्तो दिएको छ । सोमबार नेपाल आइपुगेका पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकन अब्बासीले प्रधानमन्त्री ओलीलाई पाकिस्तान भ्रमणको निम्तो दिएका हुन् ।

आज साँझ होटेल याक एण्ड यतिमा भएको भेटवार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त भएको भन्दै बधाईँ दिँदै पाकिस्तान भ्रमणको निम्तो दिएको पाकिस्तानी दुतावासको प्रेस हेर्ने अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै पाकिस्तानी प्रधानमन्त्री अब्बासीले ओलीलाई सार्क शिखर सम्मेलन गर्ने प्रतिवद्धता जाहेर गर्दै त्यसका लागि तयार रहेको बताएका थिए।  अब्बासीले प्रधानमन्त्री ओलीलाई सार्क सम्मेलन आयोजनाका लागि पहलकदमी लिन समेत आग्रह गरेको बताइएको छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७४, सोमबार  ९ : ०९ बजे