३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

अर्थमन्त्री खतिवडाकै कारण आर्थिक अनुशासन तोडियो: डा कोईराला


२७ चैत्र २०७४, मंगलबार  

0
Shares

चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले हालका अर्थमन्त्री यूवराज खतिवडाकै कारण आर्थिक अनूशासन तोडिएको बताएका छन् ।

प्रजातान्त्रिक बिचार समाज चितवनको २०औं साधारण सभाको चितवनको टाँडीमा उदघाटन गर्दै डा कोईरालाले राज्यकोष धरासयी बन्नूमा खतिवडाकै प्रमूख हात रहेको कोइरालाको दाबी रहेको छ। डा कोईरालाले खतिवडा नै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र राष्ट्र बैंकको गभर्नर भएकै समयमा आर्थिक अनूशासन तोडिएको उल्लेख गर्दै भने-“मूलूकको अर्थतन्त्रको जिम्मेवार पदमा बसेर पनी खतिवडाले सबै दोष काँग्रेसलाई दिएर आफू त्यसबाट उम्किन खोजिरहनू भएको छ।त्यसको जिम्मेवारी उहाँले लिन पर्छ कि पर्दैन? तर उहाँ झूटको खेती गरिरहनू भएको छ।”

कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठ, प्रजातान्त्रिक बिचार समाजका केन्द्रिय अध्यक्ष डा केदारनरसिंह केसी, समाजका चितवनका अध्यक्ष डा कृष्ण पौडेल लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलबार  ८ : ११ बजे