१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

स्थानीय तहको संरचना नै मिलेको छैन, शासन झनै केन्द्रीकृत भयो : नेपाल


१२ बैशाख २०७५, बुधबार  

0
Shares

शुभप्रभात राई / काठमाडौं

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले स्थानीय तहको सीमाहरु नै नमिलेको बताएका छन् । स्वतन्त्र नागरिक सञ्जालले आयोजना गरेको ‘संघीयतामा स्थानीय तह संवैधानिक व्यवस्था र कार्यान्वयनको चुनौति’ विषयक कार्यक्रममा नेपालले उक्त विचार गरेका हुन् ।

बुधवार राजधानिको लाजिम्पाटस्थित होटल सांग्रिलामा आयोजित कार्यक्रमा स्थानीय तहको सीमांकनमा प्राविधिक हिसाबले नै त्रुटि रहेको दाबी नेपालले गरे । ‘भूगोल, जनसंख्या, भौगोलिक व्यवस्थालाई हेर्दा नै हुन्छ, त्रुटि नै त्रुटी छ मिल्दै मिलेको छैन,’ उनले भने ।

स्थानीय तहको नयाँ संरचनाले जिल्लालाई कमजोर बनाउन खोजेको नेपालको आरोप रहेको छ । जिल्लालाई हटाउने किसिमको सोच गलन भएको र जिविसलाई कमजोर बनाउनु त्रुटिपूर्ण रहेको उनले बताए । जिल्लाहरु दुईतिर बाँडेर जोड्नु पार नलाग्ने काम भएको उनले दाबी गरे ।

नेता नेपालले बजेटसमेत सिंहदरबारबाट जाने भएकोले यो त झनै केन्द्रीकृत भएको भएको बताए ।

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, नेपाल सरकारका पूर्वसचिव बालानन्द पौडेललगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार  ९ : १९ बजे