३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

अमेरिकाको लङआइल्यान्डमा संविधान दिवस मनाइयो


४ आश्विन २०७५, बिहिबार  

0
Shares

सोमनाथ हुँमागाई

सेक्टेम्बर १९ तारिख २०१८ ( असोज ३ गते) का दिन न्युयोर्क राज्यको लङआइल्याण्डका स्थानीय समाजसेवी अर्जुन प्रसाद मैनालीको  पहल तथा लङआइल्याण्ड नेपाली समाजको आयोजनामा लामो संघर्षपछि नेपालले संविधान प्राप्त गरेको दिन असोज ३ गतेलाई नेपालको संविधान दिवस (राष्ट्रिय दिवस) को रूपमा मनाउँदै, एकआपसमा खुसी साटेर शुभकामना आदान प्रदान गरे ।

लङआइल्याण्ड नेपाली समाजका महासचिव राजन गौलीको निवास हिक्सभिलमा सम्पन्न भएको उक्त कार्यक्रममा समाजका अध्यक्ष टिकाराज ढकाल,  एनआरएन न्युयोर्क च्याप्टरका महासचिव महेश खड्का, नेपाली जनसम्पर्क  समिति  लङआइल्याण्ड च्याप्टरका सभापति  विश्वराज वास्तोला, उपसभापति विनोद थापा , समाजका सचिव संखनारायन प्रजापति, सदस्य शोभा पोखरेल श्रेष्ठ, जनसम्पर्क  समिति अमेरिकाका सक्रिय  सदस्य सुरेन सापकोटा, लगायत स्थानीय बासी सुमन हुमागाई, रविन संग्रौला, केदार कट्टेल, आसिका दाहाल, तारा मैनाली, सबु सापकोटा,लक्ष्मी बांस्तोला, रवि खड्का, लालमाया तामाङ लगायतको उपस्थिति रहेको थियो।

अनौपचारिक रूपमा समसामयिक छलफलबाट सुरु भएको उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै समाजका अगुवा हरूले यस संविधान प्रजातान्त्रिक, सार्वभौम भएको भन्दै उत्कृष्ट संविधानको संज्ञा दिएका थिए।

समाजका महासचिव राजन गौली ज्युले सञ्चालन गरेको उक्त कार्यक्रममा ज्ञात अज्ञात शहिदहरु प्रति श्रद्धान्जली अर्पण गर्दै समाजका अध्यक्ष ढकालले समापन गरे ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहिबार  ९ : ३३ बजे