१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

कांग्रेसलाई उल्टो बुद्धि आएछ : हरिबोल गजुरेल, सरकार आफै धर्म प्रचार गर्दै हिँड्छ : साउद


९ पुस २०७५, सोमबार  

0
Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता हरिबोल गजुरेलले कांग्रेसको उल्टो बुद्धिका कारण हिन्दु राष्ट्रको पछाडि लागी परेको आरोप लगाएका छन् ।

सोमवार राजधानीको भृकुटीमण्डपस्थित रिपोर्टस क्लबमा भएको साक्षात्कारमा बोल्दै नेता गजुरेलले कांग्रेसले गलत बाटो अपनाएको आरोप लगाएका हुन् ।

गजुरेलले प्रमुख प्रतिपक्षी दल कांग्रेसले हिन्दू राष्ट्रको कुरा उठाएकोमा आपत्ति जनाउँदै भने,‘कांग्रेसलाई उल्टो बुद्धि आएको छ । राज्यको नजरमा सबै धर्मको स्टाटस बराबर छ । विपीको छोराले हिन्दूराष्ट्रको कुरा उठाउनुभयो, यसले उहाँको क्रेज घटाईदिएको छ ।’

उनले हिन्दूराष्ट्रको कुरा उठाएकोमा कांग्रेसलाई प्रश्न गर्दै भने,‘फेरी २०१७ सालको वातावरण बनाउन खोजेको हो ?’

विवादास्पद चर्चको एसिया प्यासिफिक समिटबारे सरकारको बचाउ गर्दै गजुरेलले भने, ‘समिट यति धेरै विवादास्पद हुनुको मुल कारण प्रतिपक्षलाई वर्तमान दुई तिहाइको सरकार मन नपर्नु नै हो ।’

 

 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले नेता गजुरेलको कुरालाई यसरि दिए जवाफ,

सोही कार्यक्रमा कांग्रेसका नेता एनपी साउदले सरकारले आफै धर्मको प्रचार गर्दै हिडेर कांग्रेसको विरोध गर्न तर्कहीन भएको आरोप लगाए। भने, ‘वर्तमान सरकार भाषण बाजी र ठुला ठुला सपना देखाउने क्रममै दश महिना बिताइ सकेको छ। धर्म निरपेक्ष भन्ने अनि आफै धर्मको प्रचार गर्दै हिनेपछि कसरी सहन्छ?’

कुनै पनि धर्मको परिवर्तन र बहिस्कार गर्न नहुने उल्लेख गर्दै साउदले थपे, ‘विवादास्पद धर्मनिरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रताको बाटोमा लैजाने कांग्रेसको नीति तयार हो ।’

नेता साउदले सरकाले तारिफ योग्य कुनै काम नगरेको दाबी गरे । भने, ‘राम्रो कामको तारिफ गरौं भने देश परिवर्तन भएको भएको हुनु पर्‍यो नि।’

 

प्रकाशित मिति : ९ पुस २०७५, सोमबार  ८ : १५ बजे