लामो समयदेखिन हुन नसकेको नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिबेसन आगामी ६ महिनाभित्र हुने भएको छ । केन्द्रीय समितिको आइतबार बसेको बैठकले हरेक राज्यमा रहेको च्याप्टरहरुको डिसेम्बर महिनाभित्रमा अधिवेशन गरि ६ महिनाभित्र केन्दि्रय अधिबेसन गर्ने निर्णय गरेको समितिको सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख गौतम दाहालले जानकारी दिएको छ ।
मातृ पार्टी नेपाली कांग्रेसले दिएको निर्देशनको स्वागत गर्दै ६ महिनाभित्रमा केन्दि्रय अधिवेशन गर्नका लागी प्रक्रिया सुरु गर्ने निर्णय गरेको दाहालले बताए । बैठकले सबै च्याप्टरहरुको अधिवेशन डिसेम्वर महिनाभित्र गरिसक्ने निर्णयसंगै नया च्याप्टर गठनका लागी निश्चित मापदण्ड अनुसार अक्टुबर महिनाभित्र आवेदन दिएमा त्यस्ता च्याप्टरहरुलाई पनि अनुमोदन गर्दै जाने निर्णय समेत गरेको छ । च्याप्टरहरुको नया अधिवेशनका लागि यसै साता केन्द्रीय समिति र च्याप्टर समिति सहित केन्दीय सल्लाहकारहरुको संयुक्त बैठक आव्हान गर्ने र सोही बैठकको छलफल पश्चात भावी तयारी गर्ने उनले बताए ।