११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

कास्कीमा नेकपा दोब्बर मतले अगाडि



पोखरा– प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कास्की–२ मा नेकपाका विद्या भट्टराईले प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अग्रता लिएकी छिन् ।

पछिल्लो मत परिणाम अनुसार ११ हजार ८४७ मतका साथ भट्टराई ५ हजार ९६० मतले अगाडि छिन् । कांग्रेसका खेमराज पौडेलले ५ हजार ८८६ मत पाएका छन् ।

यो क्षेत्रअन्तर्गत पोखरा महानगरपालिको वडा नं ३३, २१, १७ र २० को मतगणना सकिएको छ । अहिले वडा नं ४ र १६ को मतगणना भइरहेको छ ।

यहाँ ४५ हजार ५७९ मत खसेकोमा अहिलेसम्म ४ वडाका १९ हजार ३१ मतको गणना सकिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १ : ०३ बजे