११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

राष्ट्रिय सभा चुनावमा ११ दल दर्ता



काठमाडौँ— राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सदस्यका लागि आगामी माघ ९ मा हुने निर्वाचनका लागि ११ वटा पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।

निर्वाचन आयोगका अनुसार, दल दर्ताका लागि निवेदन दिने दलमा सत्तारूढ नेकपा, प्रमुख प्रतिपक्षी कांग्रेस, समाजवादी पार्टी, राजपा, नेपाली जनता दल,ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, राप्रपा र राप्रपा (संयुक्त) छन् ।

संविधानअनुरूप राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबारसम्म दल दर्ताका लागि निवेदन दिन आयोगले गत मंसिर २७ मा सूचना जारी गरेको थियो ।

 

निर्वाचन तालिका हेर्न यो पढ्नुहोस्

http://www.everesttimesnews.com/rastiyasabha/#sthash.Ha7lOqHx.dpbs

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  २ : ०७ बजे