३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रधानमन्त्रीले अस्पतालबाटै भने- ‘म छिट्टै काममा फर्किन्छु’



काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको बताएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री भेट्न पुगेका उनका राजनीतिक सल्लाहकार विष्णु रिमालसँग ओलीले आफू छिट्टै काममा फर्किने बताएका हुन्।

प्रधानमन्त्रीलाई भेटेपछि रिमालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो। ‘साथीहरूलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भईरहेको छ। छिट्टै म काममा फर्किन्छु।’ धेरै खुसी लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू !

प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

चिकित्सकहरूले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आइरहेको बताएका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १२ : ५९ बजे