काठमाडौं– कोरोना भाइरस संक्रमण भित्रिन नदिन सरकारले अन्तरराष्ट्रिय हवाइ उडान बन्द गरेसँगै अध्यागमन विभागले भिसा सम्बन्धी सबै सेवा बन्द गरेको छ ।
आइतबारदेखि विभागले मार्च २२ देखि अप्रिल ३ (चैत ९ देखि २१) सम्म सेवा बन्द गरेको हो । सरकारले हवाई सेवा बन्द गरेसँगै विभागबाट दिइने नयाँ भिसा र भिसा म्याद थपको काम बन्द भएको हो ।
विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावबाट सुरक्षित हुन उडान बन्दसँगै भिसाको काम रोकेको अध्यागमन विभागका सूचना अधिकारी रामचन्द्र तिवारीले बताए । भिसा अवधि सकिएकालाई कुनै जरिवाना नलिई कार्यालय खुलेपछि थप गर्ने उनले बताए ।
एक सातायतामात्रै १० हजार भन्दा बढी पर्यटकले भिसा अवधि थप गराएको तिवारीले बताए ।