२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

वीरगन्जमा दुई जनामा कोरोना पुष्टि



काठमाडाैं । वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको अस्पताल स्राेत ले जनाएकाे छ ।

चैत ३० मा वीरगन्जको छपकैयास्थित मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएकोमा दुई जनाको नतिजा पोजेटिभ आएको हो।

ती तीनजना कोरोना संक्रमित भारतीय नागरिक भने हिजै निको भएकाले अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ।

आज थपिएका दुबै संक्रमित पुरुष हुन्। उनीहरू एकजना मस्जिदका मलोना (पुजारी) हुन् भने एकजना महानगरका सफाई गर्ने नाइके हुन्।

यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ भने  १६ जना निको भएका छन्।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १२ : ५० बजे