१ असार २०८३, सोमबार | Mon Jun 15 2026

नेपालमा कोरोनाका संक्रमित १०२ पुगे



काठमाडाैं । शुक्रबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ। भेरी अंचल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

याे सहित मुलुकमा संक्रमितको संख्या १०२ पुगेको छ। जसमा पुरुषकाे संख्या ७४ छ भने २८ जना महिला रहेकाे मन्त्रालयले जनाएकाे छ।

हालसम्म काेराेना संक्रमण भएका ३० जना निकाे भएका छन्। जसमध्ये तीन जनामा पुन: काेराेना पाेजेटिभ देखिएकाे छ।

उपचाररत सबैकाे अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ४ : ४९ बजे