२६ कार्तिक २०८१, सोमबार | Mon Nov 11 2024

नेपालमा थप ५३ जनामा काेराेना पुष्टि, संक्रमित ३५७ पुगे



काठमाडाैं । नेपालमा काेराेना संक्रमितकाे संख्या ३ सय ५७ पुगेकाे छ । ती मध्ये पुरुष २ सय ९८ र महिला ५९ छन् ।

साेमबार बाँकेमा मात्रै ४७ जना संक्रमित थपिएका छन् । मोरङमा एक, गुल्मीमा एक, धनुषामा एक, रौतहटमा एक, दाङमा एक र धादिङमा एक जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यसअघि सोमबार बिहानै ९ जनामा संक्रमण देखिएको थियो।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ५ : २२ बजे