यस्तो छ दाहाल–नेपाल समूहकोआन्दोलनका कार्यक्रम

२०७७ पुष ९, बिहीबार १७:२७

काठमाडौँ । संसद विघटनको विरुद्ध आन्दोलन गर्न नेकपाको (दाहाल–नेपाल) समूहले कार्यक्रम घोषणा गरेको छ । बिहीबार केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । संयोजकत्वको संयोजक नारायणकाजी श्रेष्ठलाई तोकेको छ ।

कार्यक्रम अनुसार पुस १० गते बिहान १० बजे दाहाल–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु माइतीघरमण्डलामा उपस्थित हुने, अनि सर्वोच्च अदालत जाने, त्यहाँको प्रदर्शनपछि सोही टोली निर्वाचन आयोगमा जाने कार्यक्रम रहेको छ ।

साथै २ बजे पत्रकार सम्मेलन गर्ने र नेपाल बन्दसम्म गर्ने कार्यक्रम सार्वजनिक गर्ने भएको छ । पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ ।

पुस ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय गरेको छ ।