१ असार २०८३, सोमबार | Mon Jun 15 2026

अर्को व्यवस्था नभएसम्मका लागि पशुपति दर्शनमा रोक



काठमाडौँ । हिन्दुका आराध्य देव पशुपति नाथको दर्शनमा अनिश्चितकालको लागि रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको कोषले जनाएको छ ।

‘वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले,’ कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा हस्ताक्षरित विज्ञप्तिमा छ, ‘सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट भक्तजनहरूलाई पर्न गएको असुविधाप्रति पशुपति क्षेत्र विकास कोष क्षमाप्रार्थी छ ।’

मुलुकमा कोरोनाको दोस्रो लहरको संक्रमण बढ्दै गएपछि सरकारले यसअघि सहरी क्षेत्रमा स्कुलहरु बन्द गराएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ६ : ४० बजे