१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

कांग्रेस प्रबक्ता शर्मालाई कोरोना



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सन्जाल मार्फत बताएका छन् ।

उनले फेसबुकमा लेख्दै भनेका छन्, ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार अस्पताल पुगेर स्वाब दिएं । बिहानीपख रिपोर्ट आयो पजेटिभ ।’

आफूले टेकु अस्पतालको डा.अनुप बास्तोलाको सल्लाह बमोजिम औषधि सेवन गरिरेहको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १० : ३० बजे