काठमाडौं । सत्तारुढ दल एमालेको उम्मेदवारलाई पराजित गर्दै लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली काँङग्रेसका दृगनारायण पाण्डेले चारहजार १४० मत प्राप्त गरी विजयी भएका छन् । उनले नेकपा (एमाले) का चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । खड्काले तीनहजार ६१२ मत प्राप्त गरे ।
नव निर्वाचित पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजादी पार्टी, र जनमोर्चाको समर्थन रहेको थियो । घोराही स्थित कर्मचारी मिलन केन्द्रमा आज सम्पन्न मतदानमा २१७ मतदातामध्ये २१४ जनाले मतदान गरेको बताइएको छ ।








